समाचार
दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठको दावी
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उनले यस्तो कुराको दावी गरेका हुन् । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना...
गठबन्धन नगरी उप–निर्वाचन लड्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, चितवन क्षेत्र नं...
दुर्घटनामा परेर तीन जनाको मृत्यु
धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना द्धाइते भएका छन् । बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोकिएर...
चोरी गर्दै हिँड्ने परियार र गौतम पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मण्डिखाटारस्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतम रहेका छन् । गत फागुनमा धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै...
मिथिलामा वासन्ती छठ पर्व आजबाट सुरु
महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजबाट सुरु भएको छ । चैत्र शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिवार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका...
गण्डकी प्रदेश : माओवादीका मन्त्रीहरुले दिए राजीनामा
पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् । शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय...
रास्वपाले उप–निर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने
काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उप–निर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकले उप–निर्वाचन हुने ३ वटै क्षेत्रमा...
नेपाल प्रहरीको प्रमुखमा बसन्तबहादुर कुँवर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १...
बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । शुक्रबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको...









