समाचार

उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता...

मकवानपुर बस दुर्घटना अपडेट : घाइतेहरुको नाम खुल्यो

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा आज दिउँसो भएको बस दुर्घटना परेर घाइते भएकाहरुको नाम खुलेको छ । दिउँसो ३ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको बस आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल...

अवैध लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्वर २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ३६ मिलिग्रामसहित प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको शनिश्चरे गाउँपालिका–७ बस्ने २१ वर्षीय सनिस राज आङदेम्बे रहेका छन् । उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको...

पहिरोमा परेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार दिउँसो पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर स्थानीय ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई उपचारको लाथि तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा...

यूएईलाई ९ रनले पराजित गर्दै नेपालको जित

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा जित हात पारेसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९...

मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा आज दिउँसो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिउँसो ३ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको बस आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा...

मकवानपुरकी घलान मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ फुलबारीस्थित बिहीबार बिहान एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय १४ वर्षीया मनिषा घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घलान बिहान साढे ११ बजेको समयमा...

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ९ गते मात्रै

काठमाडौं । राजधानीको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत्र ९ गते मात्रै हुने भएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले चैत्र ९ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार आज बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, चैत्र ३ गते मतदाता नामावली उपर दाबी विरोधको छानबिन...

पुनः सञ्चालनमा आयो प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउण्ट

काठमाडौं । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्री कार्यालयले एक सूचना जारी गर्दै बुधबार साँझदेखि ट्विटर अकाउन्ट @PM_nepal_ अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको जानकारी गराएको छ । साथै कार्यालयले उक्त घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको उल्लेख गरिएको छ...

बिहीबार सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा पुगेर रोकिएको छ । सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...