रास्वपाले उप–निर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १७:४२
file-photo

काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उप–निर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले उप–निर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।