दुर्घटनामा परेर तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र ११, शनिबार ०९:१३
File Photo

धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना द्धाइते भएका छन् ।

बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोकिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रकमा सवार एक जना गरी तीन जनाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जना भने घाइते भएका छन् । घाइते उनको पहिचान खुल्ल नसकेको र घटनास्थलबाट उद्दार गरी ढल्केवर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।