समाचार
ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ५ तालबन्दमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिए दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो । महासंघका अनुसार, आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । भो घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोलामा १ लाख...
एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने गरी छलफल भएको स्रोतले बताएको छ । चैत्र ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा...
थारु आयोगद्वारा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश
मकवानपुर । थारु आयोगले बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आइतबार एक कार्यक्रमबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । अध्यक्ष चौधरीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको...
सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने समय आज सकिँदै
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय आज सकिँदै छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयभित्र मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख १८ हजार ४ सय कित्ता...
मकवानपुरकी सुमिनाले लगाइन् आफ्नै शरिरमा आगो
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर–४ छापमा शनिबार साँझ एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छन् । स्थानीय ३३ वर्षीया सुमिना डिमडुङकले घरयासी विवादको कारण आफ्नै शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, सुमिनाले घरमा...
मकवानपुरका गौतम प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारीबाट लागूऔषध गाँजा ४ किलोसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका–६, सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतम रहेको जिल्ला प्रहरी कार्यालय...
कराते महासंघको नेतृत्वमा युवराज लामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले कुशल खेल प्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ । यस्तै, वरिष्ठ...
साहित्य संगम मकवानपुरद्वारा साह सम्मानित हुने
मकवानपुर । साहित्य संगम मकवानपुरले तु खबर डटकमका स्तम्भकार एवम् अग्रज साहित्यकार तथा पत्रकार सञ्जय साह मित्रलाई सम्मानित गर्ने भएको छ । संगमले आउँदो वैशाखमा आयोजना गर्ने दुई दिने महोत्सवमा साहलाई सम्मान गर्ने भएको हो । भैरव अर्याल स्मृति सम्मान २०७९ मकवानपुरमा रहेर लामो समय साहित्य लेखन, पत्रकारिता, व्याङ्ग्य...
मानव अधिकार आयोग बागमतीद्वारा मध्यवर्ति क्षेत्रको अनुगमन
मकवानपुर । मानव अधिकार आयोग, बागमती प्रदेशका प्रतिनिधिहरुले मनहरी गाउँपालिका वडा नम्वर ६ र ७ को चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको अनुगमन गरेका छन् । उक्त बसोबास गर्ने निकुञ्ज प्रभावित आदिवासी जनजाती समुदायको खाद्य र भूमीमाथीको अधिकारको अवस्थाको बारेमा अनुगन गरेको मानव अधिकार आयोग बागमतीले जनाएको छ...









