समाचार
‘चैत्र १० गते सरकारले पूर्णता पाउँछ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री...
आगामी तीन दिनसम्म देशैभर वर्षाको सम्भावना
काठमाडौं । आगामी तीन दिन देशैभर हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षाको सम्भावना रहेको बताएकी हुन् । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएकोले आगामी तीन दिनसम्म हल्का वर्षा...
उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी
काठमाडौं । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत गरी ८२९ मत खसेको थियो...
सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गयो
काठमाडौं । शुक्रबार देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान भएको छ । नेपाल प्रहरीको दैनिक बुलेटिनका अनुसार, शुक्रबार कलैया, कास्की र चितवनमा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको हो । शुक्रबार बिहान बाराको कलैयामा बसको ठक्करबाट एक बालकको ज्यान गएको हो । बालमन्दिरस्थित सडकमा...
बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने
मकवानपुर । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ÷नेवारी (नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो । अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा...
उपराष्ट्रपति निर्वाचन : मतगणना कार्य सुरु
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपति निर्वाचनको मतगणना केहीबेर अघिबाट सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको छ । मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्य गरी ८२९ जनाले मतदान गरेका हुन् । संघीय संसदका ३३४ जनामध्ये...
विजेता खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख दिने
मकवानपुर । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक/एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागिएको प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवम् सरकारका जगन्नाथ थपलियाले जानकारी दिए । बिहीबार आईसीसी विश्वकप लिग–२...
स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग हुने
काठमाडौं । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले जानकारी दिए । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्वार...
उपराष्ट्रपति चयनको लागि मतदान सकियो, केहीबेरमा मतगणना
काठमाडौं । उपराष्ट्रपति चयनको लागि मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेबाट सुरु भएको मतदान कार्य सकिएको हो । अब केहीबेर पछि मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन...
मकवानपुरमा एक जना मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ दरदरामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । बिहान साढे ८ बजेको समयमा स्थानीय ५० वर्षीय कृष्णबहादुर सुरखेति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, सुरखेति आफ्नै...










