ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १५:४२

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ५ तालबन्दमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् ।

से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिए दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।