समाचार

स्ववियु निर्वाचन : देशभर ६ हजार भन्दा बढी प्रहरी परिचालन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार, देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो । निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १ हजार ५३२ जना प्रहरी परिचालन...

मकवानपुरको ७ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी

मकवानपुर । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ वटा क्याम्पसमा हाल मतदान जारी छ । जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी सङ्गठनबीच सहमतिमा स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा...

यी १३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरीका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरीका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स...

पर्साबाट पक्राउ परे हेटौंडाका खनाल

पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्रामसहित प्रहरीले शुक्रबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाल रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय...

प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय दलको...

स्ववियु निर्वाचन : देशभर आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । करिब १४ वर्षपछि साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको...

आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेस गरिने

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन गत चैत्र ३ गते शुक्रबार शुक्रबार...

कलाकार संघको अध्यक्षमा मोहन निरौला

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १९ औँ महाधिवेशनमा निरौलाले आफ्नो प्रतिस्पर्धी रेजिना उप्रेतीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निरौलाले उप्रतिलाई २६ मत अन्तरले पराजित गरेका हुन् । कुल खसेको ४६८ मतमध्ये मोहनले २३५ मत प्राप्त...