समाचार

१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७...

इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा राख्ने सरकारको तयारी

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने तयारी अगाडि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्देशनमा सो कामलाई सुरु गरिएको...

मोटरसाइकलको ठक्करबाट तामाङको मृत्यु

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलले ठ्रक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय...

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार तोकिएको सुनुवाई स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् ।...

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक सहायक रथी डा.अरुण शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।प्रधान सेनापति शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । डा.अरुणलाई नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र ६ गतेको बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नति...

माओवादी नेता पुन स्वदेश फर्कँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनी यसै साता स्वदेश फर्किने भएका हुन् । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् । अहिले उनको सेनजेनस्थित थर्ड...

सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने

काठमाडौँ । दश दलीय सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सो बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ । त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय...

गृह मन्त्रालयद्वारा चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न...

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ खरङ्गास्थित सडकबाट आइतबार साँझ अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले करिब ५ केजी ८०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, उक्त गाँजा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीले...

बागमतीमा साढे ८ हजारभन्दा बढी क्षयरोगका बिरामी

मकवानपुर । बागमती प्रदेशमा साढे ८ हजारभन्दा बढीमा क्षयरोगका बिरामी रहेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार, प्रदेशमा क्षयरोग लागेका रोगी पत्ता लगाउने कार्यमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ७५२ जनामा उक्त रोग देखा परेको हो । प्रदेशमा सबैभन्दा धेरै क्षयरोग देखा पर्नेमा काठमाडौं जिल्ला रहेको...