मकवानपुर प्रहरीद्वारा अवैध गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ खरङ्गास्थित सडकबाट आइतबार साँझ अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले करिब ५ केजी ८०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, उक्त गाँजा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो । आइतबार साँझ प्रहरीलाई देख्नासाथ भाबरबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०३ प ३४५६ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।
हाल फरार मोटरसाइकल चालकको खोजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसनधान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।