प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

तु खबर संवाददाता
२०७९ चैत्र १३, सोमबार १५:४६

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक सहायक रथी डा.अरुण शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।प्रधान सेनापति शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

डा.अरुणलाई नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र ६ गतेको बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नति भएका डा. अरुण सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् ।

सोही अवसरमा प्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक महासेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।