समाचार

स्ववियु निर्वाचन आज हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । आज ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही...

गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ९, तिलगंगास्थित सडकमा शनिबार बिहान गाडीको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–९ घर भई हाल काठमाडौं सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका...

सामाजिक सुरक्षा कोषद्वारा ३ अर्ब ७८ करोड दाबी भुक्तानी

काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने ४ अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा...

कांग्रेसले केन्द्रीय कार्य सम्पादनको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय...

मकवानपुरका दुई जना मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरमा शनिबार एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकामा गरी दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ८ः३० बजेको समयमा...

आज यी  प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई...

राष्ट्रपतिको चियापान आज, देशैभरका सांसद सहभागी हुने

काठमाडौं । राष्ट्रपतिको चियापान कार्यक्रम आज हुने भएको छ । त्यसको लागि राष्ट्रपति रामचन्द्र पौडेलले देशैभरका संघ र प्रदेशका सांसदहरुलाई शीतल निवासमा बोलाएका छ्न । उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् । उपराष्ट्रपति निर्वाचनको...

१५ हजार घुससहित सव–इन्जिनियर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्वर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विक रहेका छन् । उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका अनुसार, शुक्रबार सम्पन्न...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट तीन जना, ललितपुरबाट दुई जना र सुनसनरीबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम, डिजिटल तराजु थान–१, नगद २ लाख ३९...