समाचार

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ९ बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुनेछ । बैठकले तनहुँ १ र चितवन २ मा बैशाख १० मा हुने...

हेटौंडामा स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु

मकवानपुर । हेटौंडामा आइतबारबाट स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु भएको छ । उक्त तालिम बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा जिल्ला युवा परिषद् मकवानपुरले  आयोजना गरेको हो । तालिमको उद्घाटन बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी हुन् । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय...

‘प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता’

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन्...

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसी रहेका छन् । उनलाई आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिवनले दाउराको...

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयक आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको हो । डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि...

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ९२१ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर विधिबाट २७९ र एन्टीजेनबाट ६४२ नूमना परीक्षण गर्दा १६ को रिपोर्ट पोजिटिभ आएको...

२६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१...

तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने

काठमाडौं । आगामी बैशाख १० गते हुने तनहुँ क्षेत्र– १ उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

मकवानपुर क्याम्पसको स्ववियु अध्यक्ष लामाले गरे पदभार ग्रहण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष छोइसाङ लामाले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित लामाले आइतबार बिहान स्ववियु निर्वाचन समितिले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण, शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरेका हुन् ।...