आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र १२,आईतवार १८:००

कपिलवस्तु । कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसी रहेका छन् ।

उनलाई आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।