कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

तु खबर संवाददाता
२०७९ चैत्र १३, सोमबार ०७:५६

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ९ बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुनेछ । बैठकले तनहुँ १ र चितवन २ मा बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेछ । यस्तै, बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनबाट बारा २ मा उम्मेदवार बन्न खोजिरहेका छन् । यादवलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेमा कांग्रेसभित्र अलमल छ ।