समाचार
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवनमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
तनहुँ–१ को उपनिर्वाचका लागि कांग्रेसका १३ जनाले दिए उम्मेदवारी
काठमाडौं । आगामी बैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसका १३ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्ममा सो संख्यामा उम्मेदावरी दिएका हुन् । शुक्रबार ६ जना र शनिबार ७ जनाले उम्मेदावारी...
मन्त्रिपरिषद् पुनर्गठनको तयारी, कांग्रेसलाई ८ मन्त्रालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सोमबारसम्ममा मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका हुन् । प्रचण्डले चैत्र ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा...
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । १३ औँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । सभामा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले...
लिटिल बडी प्रिस्कूलबाट १४ विद्यार्थी दीक्षित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४, हुप्रचौरस्थित लिटिल बडी प्रिस्कूलले युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार बिहान स्कूलमै एक कार्यक्रमका बीच १४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो । लिटिल बडी प्रिस्कूल बेलायती फ्रेन्चाइज स्कूल हो । प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजी गरी चार तहमा...
लागूऔषधसहित दुई युवक पक्राउ
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित शनिबार दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी ९नेवार० र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् । उनीहरुलाई दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।बुटवबाट...
माओवादी पदाधिकारी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक हाल जारी रहेको एक नेताले बताए । सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधि मात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री...
हेटौंडा आएर गुरुङले भने, ‘अब नैतिक शिक्षामा जोड दिनुपर्छ’
मकवानपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश र जनताको हितका लागि अब नैतिक शिक्षा सुधारमा जोड दिनुपर्ने बताएका छन् । नेता गुरुङले शनिबार नेपाल शिक्षक संघ बागमती प्रदेश समितिको हेटौंडामा भएको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् । उपसभापति गुरुङले राजनीतिक दलका नेताहरुले नैतिकता गुमाउँदा...
नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोन सुविधा
काठमाडौँ । नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोनको सुविधा रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्राप्त नतिजाअनुसार साधारण मोवाइल फोन हुने परिवार ७३.१५ प्रतिशत रहेका छन् । यस्तै, स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । ३.८८ प्रतिशत परिवारमा भने मोबाइल फोन, टेलिभिजन जस्ता कुनै सुविधा...










