नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोन सुविधा

तु खबर संवाददाता
२०७९ चैत्र ११,शनिबार १५:३४
file photo

काठमाडौँ । नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोनको सुविधा रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्राप्त नतिजाअनुसार साधारण मोवाइल फोन हुने परिवार ७३.१५ प्रतिशत रहेका छन् ।

यस्तै, स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । ३.८८ प्रतिशत परिवारमा भने मोबाइल फोन, टेलिभिजन जस्ता कुनै सुविधा नरहेको पाइएको छ ।

९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । नेपालमा रहेका कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२१ प्रतिशतमा साइकल उपलव्ध रहेको पाइएको छ ।