राष्ट्रिय सभा बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार ०८:०८
file-photo

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । १३ औँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

सभामा डा. बेदुराम भुसालले  ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ–आफ्नो धारणा राख्नेछन् ।