लागूऔषधसहित दुई युवक पक्राउ
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित शनिबार दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी ९नेवार० र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् ।
उनीहरुलाई दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।बुटवबाट पाल्पातर्फ गइरहेको युवक सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कारसहित दुवै युवकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
