समाचार
किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित
काठमाडौँ । नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तदर्थ समिति विस्तार गरेका हुन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका...
विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडपः १२ जना घाइते
काठमाडौँ । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको...
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत,...
मकवानपुरमा सवारी दुर्घटना, दुई घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेस्थित हेटांैडा–फापरबारी सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान २ः५० बजेको समयमा फापरबारीबाट जुरेलीतर्फ आउँदै गरेको प्रदेश २–०३ ००१ त ३१७२ नम्वरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा दुई...
एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा
काठमाडौं । नेकपा एमालेले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सात वटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा आगामी बैशाख २ र ३ गते, कर्णाली...
स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका रहेका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड...
आज बस्ने भनिएको कांग्रेसको बैठक सर्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक सरेको छ । बैठक चैत्र १६ गतेका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चैत्र १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत्र १६ गते...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी र मोरङ गरी दुई छुट्टाछुट्टै जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले महोत्तरीको एकडरा गाउँपालिका–५ गेना बथनाहा टोल बस्ने ६५ वर्षीय सोवित कापरलाई लागूऔषध गाँजा २ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...
सबै सरकारी वेबसाइटको पुराना लिंक हटाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन...
भाइको हत्या गरेको आरोपमा दाई पक्राउ
सिरहा । सिरहामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका–८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या गरेको आरोपमा उनकै दार्इ ४२ वर्षीय रामचन्द्र गोसाईँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका–३ जमनटोकीमा रहेको...










