समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्रीले आफूलाई प्रतिनिधि सभाको विश्वास छ भनी...
प्रावि तहमा १० हजारभन्दा बढी शिक्षक सिफारिस
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका १० हजार ३५३ शिक्षकहरुको एकमुष्ट सिफारिस गरेको छ । आयोगको अनुसार, शिक्षक संख्या माग गरिएको पद संख्यामा २ हजार ९४४ पद रिक्त भएका छन् । माग गरिए बमोजिम शिक्षक पदमा उम्मदवार छनोट हुन नसकेको हो...
राष्ट्रपति पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्ववियु निर्वाचन : देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) दोस्रो स्थानमा छ । नेविसंघले हालसम्म ७९ कलेजमा जित...
तनहुँ-१ र बारा-२ मा पनि बैैशाख १० गते नै उपनिर्वाचन हुने
काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो । उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको...
सिटिजन लाइफले प्रिमियममा आईपीओ खुल्ला गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो । फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको...
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृती
काठमाडौंं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत्र ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो...
चितवन–२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस
चितवन । आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै...
मृत अवस्थामा भेटिइन् मकवानपुरकी बलामी
मकवानपुर । मकवानवपुरको थाहा नगरपालिकामा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् । थाहा नगरपालिका वडा नम्वर ६ की ४० वर्षीया निर्मला बलामी मृत अवस्थामा फेला परेकी हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, बलामी आफ्नै घरमा सुतेकै अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले घटना स्थल सुरक्षित...
मकवानपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ घमनटोलको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । शनिबार राति स्थानीय ६२ वर्षीय बलबहादुर राईको कच्ची घरमा टुकी बत्तिबाट आगलागी हुँदा घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा भएको नगद, अन्नपात, लत्ताकपडा...










