प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

तु खबर संवाददाता
२०७९ चैत्र १४, मंगलवार १४:५२
file photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले गएको चैत ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी गरेका थिए ।