समाचार

प्रदेशका १५८५ पत्रकारको सामूहिक दुर्घटना बिमा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभरका पत्रकारलाई सामूहिक दुर्घटना बिमा गरिदिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको सामूहिक बिमा गरिदिएको हो । मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लि. मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका...

विराटनगर आन्दोलन : १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० भन्दा बढी घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप...

यी तीन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटकले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । अदालतले स्थगित कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।...

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार...

बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङ रहेका छन् । ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको भैँसेपाटीबाट बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार, धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार...

एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त...

कांग्रेसका सांसदलाई टीआरसीबारे प्रशिक्षण

काठमाडौं । टीआरसी अर्थात बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ । कांग्रेस संसदीय दलको आयोजनामा मंगलबार सिंहदरबारमा विज्ञहरुले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिएको हो । जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गंगाधर...

शेयर बजारमा १२ अंकको सुधार

काठमाडौं । आज साता कारोकारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ अर्थमन्त्रीको आगमन हुने भएसँगै आज शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ४० लाख ७७...

प्रतितोला एक हजारले घट्यो सुनको भाउ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक...