समाचार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना...
आज नेप्से परिसूचक बन्द रहने
काठमाडौं । आज नेप्से परिसूचक बन्द रहने भएको छ । घोडेजात्राको दिन आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा...
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते
धनगढी । कैलालीमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । मृत्यु हुनेहरुमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका...
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्ने भएको हो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा...
निर्वाचन आयोगद्वारा उप–निर्वाचनका लागि दल दर्ता गर्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य तनहुँ–१ र बारा–२ को उप-निर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन–२ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको...
मकवानपुरमा चट्याङ लागेर एक जना घाइते
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जना घाइते भएका छन् । मंगलबार राति १०ः १० बजेको समयमा चट्याङ लागेर जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिने बस्ने ६२ वर्षीय बमबहादुर थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीकाअ...
आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ । आज चैत्र कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा यो पर्व मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।...
प्रतिनिधि सभाको बैठक चैत्र १२ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्दै सभामुख सभामुख देवराज घिमिरेले अको बैठक यही चैत १२ गतेसम्मका लागि स्थगित गरेका हुन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई आज प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितीमा शपथ ग्रहण गराएको हो । यस...










