यी तीन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटकले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले स्थगित कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।
स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन आदेश दिएका हुन् ।
यस्तै, घिमिरेको इजलासले आगामी १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न पनि भनिएको हो ।