कांग्रेसका सांसदलाई टीआरसीबारे प्रशिक्षण

तु खबर संवाददाता
२०७९ चैत्र १४,मंगलवार १६:१६

काठमाडौं । टीआरसी अर्थात बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ । कांग्रेस संसदीय दलको आयोजनामा मंगलबार सिंहदरबारमा विज्ञहरुले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गंगाधर अधिकारीले आयोगबाट हालसम्म भएका र अब गर्नुपर्ने विषयमा प्रकाश पार्ने कार्यक्रम रहेको छ ।

यस्तै, संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजु चापागाईँले ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय सन्दर्भबारे केन्द्र्रित रहेर प्रशिक्षण दिँदा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वध्यक्ष गणेशदत्त भट्टले आयोगले गरेका काम, अबको बाटो र कानुनमा अन्तर्राष्ट्रिय चासोबारे केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

यसैगरी, वरिष्ठ अधिवक्ता राधेश्वाम अधिकारी र कांग्रेस नेता डा. मिनेन्द्र रिजालले संसदमा प्रस्तुत सशोधन विधेयकको आवश्यकताबारे प्रशिक्षण दिने कांग्रेसले जनाएको छ ।