शेयर बजारमा १२ अंकको सुधार

तु खबर संवाददाता
२०७९ चैत्र १४, मंगलवार १५:४८
file-photo

काठमाडौं । आज साता कारोकारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ ।

नयाँ अर्थमन्त्रीको आगमन हुने भएसँगै आज शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से सूचक १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज विकास बैंक, फाइनान्स, र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज लघुवित्त उपसूचक ३.४८ प्रतिशतले बढेको छ ।