बालुवाटारमा गठबन्धनको बैठक जारी

तु खबर संवाददाता
२०७९ चैत्र १४,मंगलवार १६:५०
file-photo

काठमाडौं । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो ।

आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ ।