प्रदेशका १५८५ पत्रकारको सामूहिक दुर्घटना बिमा

तु खबर संवाददाता
२०७९ चैत्र १४,मंगलवार १७:३६

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभरका पत्रकारलाई सामूहिक दुर्घटना बिमा गरिदिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको सामूहिक बिमा गरिदिएको हो ।

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लि. मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार, ६३ करोड ४० लाख रुपैया बराबरको बीमा गरिएको हो ।

चैत्र ५ बाट लागू हुने बिमालेखा अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले जानकारी दिए ।