समाचार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रस्तुत गर्ने...

तत्काल स्ववियु निर्वाचन गराउन १७ क्याम्पसलाई त्रिविको पत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन १७ आंगिक क्याम्पसलाई पत्राचार गरेको छ । त्रिविले चैत्र ५ गते निर्वाचन हुन नसकेका १७ क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन...

विश्वासको मतबारे निर्णय लिन एमाले बागमती संसदीय दलको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय लिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । बैठकमा मुख्यमन्त्रीको विश्वासको...

हेटौंडामा कविता दिवस मनाइयो

मकवानपुर । सन् १९९९ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले हरेक मार्च २१ लाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेसँगै विश्वभरिका कविता प्रेमीहरूले मंगलबार सो दिवस मनाएका छन् । हेटौंडा–४ भैरवरोडमा खुलेको किताबघरमा साहित्य सर्जक, साहित्यसेवी, साहित्यप्रेमीहरूको उपस्थितिमा विश्व कविता दिवस मनाइएको छ...

उप–निर्वाचनबारे छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनको बारेमा छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारी समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । बैठकमा उप–निर्वाचन, सरकारमा मन्त्री पठाउने, विधान...

लेक लागेर विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार, खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा...

आज यी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । साथै महाशाखाले देशको पश्चिमी भू–भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो...

उप–निर्वाचनका लागि आजबाट दल दर्ताको सुरु

काठमाडौं । निर्वाचन आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता गर्ने भएको छ । आयोगले बैशाख १० गते हुन गइरहेको उप–निर्वाचनको प्रयोजनका लागि आजदेखि चैत्र १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ । आगामी बैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उप–निर्वाचन हुदैँछ ।...

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज अपराह्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय...

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अग्रवाललाई पत्नि शोक

मकवानपुर । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाललाई पत्नि शोक परेको छ । उनकी धर्मपत्नी ५३ वर्षीया कृष्णा (खुस्बु) कुमारी गुप्ता अग्रवालको मंगलबार निधन भएको हो । कृष्ण गुप्ताको मुटुमा समस्या देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारतका लागिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको हो...