समाचार
बागमती प्रदेश : मन्त्रीपरिषद् बैठकको चार निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा...
मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक जारी
काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि दश दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारी निवास बालुवाटारमा जारी छ । सत्तारुढ दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ । पूर्ण आकारको मन्त्रिपरिषद् भने मन्त्रालयको भागवण्डा...
निरन्तर उकालो लाग्यो कोरोना संक्रमित, थप ३४ जना पुष्टि
काठमाडौं । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट...
एसईई परीक्षामा बागमतीका १ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने
काठमाडौं । यही चैत्र १७ गते शुक्रबारबाट सुरु हुने कक्षा १० को एसईई परीक्षामा बागमती प्रदेशका १ लाख साढे १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेअनुसार, प्रदेशमा १ लाख १ हजार ७३३...
तीन मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नदिने : समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । सो पार्टीको बुधवार दिउँसो बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफुले तीन वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै मन्त्रालय प्राप्त नभइसकेको र...
ठगी आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ
काठमाडौं । काठमाडौंमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक रहेका छन् । उनीहरुलाई टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी...
आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा मोक्तान
मकवानपुर । आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा इन्द्रबहादुर मोक्तान चयन भएका छन् । महासंघको जिल्ला भेलाले मोक्तानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्ष सानु गुरुङ् (निशा), आशिष थापा, लोकेन्द्र माझी चयन भएका छन् भने सचिवमा भुपेन्द्र राना मगर, सह–सचिवमा बुद्ध बराम र कोषाध्यक्षमा...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।...
आगोमा जलेर एक बालिकाको मृत्यु
रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गएराति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका–६, जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति ८ बजे एक्कासि आगलागी भएको थियो । आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु...
फेरी बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरी सुनको भाउ बढेको जनाएको छ । महासंघले आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो । भाउ बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको...










