तीन मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नदिने : समाजवादी

तु खबर संवाददाता
२०७९ चैत्र १५,बुधबार १६:१८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । सो पार्टीको बुधवार दिउँसो बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफुले तीन वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताए ।

पार्टी प्रवक्तासमेत रहेका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पारे । यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।