बागमती प्रदेश : मन्त्रीपरिषद् बैठकको चार निर्णय

तु खबर संवाददाता
२०७९ चैत्र १५,बुधबार १८:४३
file-photo

मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा. डा. नरबिक्रम थापा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले २०८० बैशाख १ गतेबाट बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिर लागू गरिने, न्वागी र लदी पर्बको अवसरमा समुदायगत रुपमा विदा दिने निर्णय गरेको छ ।