समाचार

उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो । चैत्र १८ गतेदेखि लागू हुने गरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश...

करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा बिहीबार करेन्ट लागेर एक जना बालको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १२ वर्षीय बालक दिपेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, करेन्ट लागेर उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । फत्तबहादुर र दिपेश खेतमा काम...

देशभर ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ९ सय १५ जनाको नमुना परीक्षण गर्दा उनीहरुका कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा गरी...

१० अंकले घट्यो नेप्से, ८९ करोड ९५ लाखमाथिको कारोबार

काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

बारा २ मा लोसपाबाट राजेन्द्र महतोले चुनाव लड्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले बारा २ मा चुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । धनुषा ३ छाडेर सर्लाही २ फर्किएका...

पत्रकार महासंघ मकवानपुरलाई किताब उपहार

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको ६८ औं स्थापना दिवसको अवसरमा किताबघर हेटौंडाले किताब उपहार दिएको छ । पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ अघि बढेको किताबघरले पत्रकारहरुको पठन संस्कृतिको निरन्तरताको लागि बिहीबार पुस्तक उपहार प्रदान गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा अवस्थित किताबघरमा पुगी महासंघ...

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, आजै पुनः वार्ता हुने

काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्ता आजै साँझ पुनः बस्ने गरी दिउँसोको वार्ता स्थगित गरिएको हो । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार, आजै साँझ ६ बजे पुनः वार्ता हुने भएको हो । दिउँसो भएको वार्तामा वार्तामा सरकार र...

घुस रकमसहित वडाध्यक्ष पक्राउ

बुटवल । बुटवलको शुद्धोधन गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वडाध्यक्ष भीमबहादुर यादव, प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी र बिचौलिया विनोद भर रहेका छन् । उनीहरुलाई ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय...

कांग्रेसले चितवन–२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्व जिल्ला सभापतिसमेत हुन् । चितवन–२ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि...

बैशाख पहिलो साताबाट राष्ट्रिय भिटामिन ‘ए’ अभियान संचालन हुने

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष बैशाख पहिलो साताबाट राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम संचालन गर्ने भएको छ । बैशाख ६ र ७ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाका निर्देशक डा. विवेककुमार लालका अनुसार, भिटामिन...