समाचार

मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल

काठमाडौं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । दाहालले यही चैत्र ६...

रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन...

तीन उपसचिवलाई आठ वर्ष कैद

काठमाडौं । विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष...

आज चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भू–भागमा भने छिटफुट वर्षा...

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार, बैठकमा सरकारमा सहभागिता, बैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।...

राष्ट्रपति पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ । पौडेल गत फागुन २५ मा राष्ट्रपति भएपछि राजदूत...

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई थुनामा राख्न अनुमति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । मंगलबार काठमाडौंको बानेश्वरबाट प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई अभद्र व्यवहार मुद्दामा थुनामा राख्न अनुमति दिइएको जिल्ला...

पेट्रोल खाँदा २१ महिने बालकको मृत्यु

दोलखा । पेट्रोल सेवन गरेका दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका एक नाबालकको मृत्यु भएको छ । सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको मृत्यु भएको हो । उक्त परिवार हाल सिंगटीमा पसल सञ्चालन गर्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार नाबालकले कोठामा राखिएको पेट्रोल पिएका थिए...

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । बैठक बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो । बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित कांग्रेस सभापति शेरबहादुर...

घरघरमै स्वास्थ्य परीक्षणदेखि तरकारीका बिऊ वितरण

मकवानपुर । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ स्थानीय सरकारको सेवा घरघरमै पुर्याइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले सेवाको निरन्तरताको क्रममा ९ नम्बर वडाबासीलाई एकीकृत सेवा प्रदान गरेको छ । राक्सिराङ ९ स्थित डन्टारमा एक शिविरको आयोजना गर्दै गाउँपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा उपलब्ध गराइएको थियो...