समाचार
बागमती प्रदेश सरकारबाट बाहिँरिदै एमाले
मकवानपुर । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । एमालेका ४ मन्त्रीहरूले शुक्रबार बस्ने प्रदेश सभा बैठकमा घोषणा गरेर पदबाट राजीनामा दिने तयारी गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार, एमालेले शुक्रबार १ बजे बस्ने प्रदेश सभा बैठकमा...
ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ह्वात्तै बढेको छ । शून्यमा झरेको संक्रमितको संख्या बिहीबार एकैदिन १७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बिहीबार आज एक हजार ४५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । चैत्र ७...
स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको मतपरिणाम सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगत यही चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको मत परिणाम सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण...
घुस लिएको आरोपमा सहायक वन अधिकृत निलम्वित
जनकपुरधाम । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । घुस लिएको भिडियो फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो । वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन...
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । लुम्बिनी,...
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । गत चैत्र ८ गते बुधबार अपराह्न ३ बजे विश्वासको मत लिनका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने...
दुर्घटनामा परेर ८ जना घाइते
काठमाडौं । काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा बिहीबार दिउँसो चार वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दिउँसो सवा २ बजेतिर एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये...
मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न बालुवाटार पुगे देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि उनी बालुवाटार पुगेका हुन् । उनीसँगै उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् । सोही छलफलमा सहभागी हुन कांग्रेसका सभापति देउवा बालुवाटार पुगेका हुन् ।...
वृद्धालाई ह्विलचियर सहयोग
हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्पडेक्सले शारिरिक रुपमा अशक्त वृद्धालाई ह्विलचियर सहयोग उपलब्ध गराएको छ । लायन बिनोद पौडेलले सौजन्य सहयोग गरेको ह्लिचियर आज हेल्पडेक्सले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ निवासी गंगामाया बस्नेतलाई हस्तान्तरण गरेको हो । ६७ वर्षीया बस्नेत शारिरिक अशक्तताका कारण समस्यामा थिइन् । ह्विलचियर सहयोग पाएपछि...
हेटौंडाका दुई जनासहित १६ जुवाडे पक्राउ
काठमाडौं । नेपाल प्रहरीले जुवा खालबाट हेटौंडाका दुई जनासहित १६जुवाडेलाई पक्राउ गरेको छ । बुधबार साँझ जिल्लाको मध्यपुर थिमि–१ लोकन्थलीस्थित मझेरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्याफेका संचालक दिलीप गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका–१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी,...










