समाचार
मकवानपुरमा अटो दुर्घटना, पाँच जना घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ शान्तिपुरस्थित आज दिउँसो अटो दुर्घटना हुँँदा पाँच जना घाइते भएका छन् । दिउँसो १२ः५० बजेको समयमा फापरबारीबाट पाथिभारातर्फ बास बोकी जाँदै गरेको ना.२ ह.१०६८ नम्वरको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी...
खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा
काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले पदबाट राजीनामा दिएका जनमत पार्टीले जनाएको छ । जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय...
प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् विस्तार, कस्को भागमा कुन मन्त्रालय ? (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् । गत पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेपनि पूर्णता भने दिन सकेनन् । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् ।...
रमेश खरेलले बारा–२ बाट उप–निर्वाचन लड्ने
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल बारा २ को उप–निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । खरेलले बैशाख १० मा हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । खरेलले राष्ट्र सेवामा ईमान्दारी...
चित्लाङ–काठमाडौं सडकखण्ड राति बन्द
मकवानपुर । मकवानपुरको चित्लाङदेखि काठमाडौंको थानकोटसम्म जोड्ने चित्लाङ–थानकोट सडकखण्ड राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बन्द गरिएको छ । थाहा नगरपालिका वडा नं. ९, चित्लाङ अन्तर्गत रहेको चित्लाङ–चन्द्रागिरी– थानकोट सडक (गणेशमान सिंह मार्ग ) को स्तरोन्नत्ती लगायतको मर्मतका लागि बिहीबारदेखि लागू हुने गरी सवारी आवागमनमा रोक लगाइएको जिल्ला...
सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी
काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृह मन्त्रालयमा जारी छ । बिहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो । बिहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिएपनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका...
मकवानपुरका स्याङतान पक्राउ
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १३, ठाडो टोलबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय अन्दाजी २१ वर्षीय बिनोद स्याङतान रहेका छन् । स्याङतानलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले...
दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते
रौतहट । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी...
चार जना मृत अवस्थामा फेला
काठमाडौं । बिहीबार देशका विभिन्न जिल्लामा गरी चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार चितवन, काठमाडौं, दार्चुला र कपिलवस्तुमा एक÷एक जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले चितवनको माडी नगरपालिका–९ टमट्टा बस्ने ४७ वर्षीय शिवप्रसाद भण्डारी मृत फेला परेको जनाएको छ ।...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका केही स्थानहरूमा चट्याङ्ग...










