समाचार
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिटरब्याज पीडितसँग छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले छलफलका लागि मिटरब्याज पीडितहरुलाई बालुवाटारमा बोलाएका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । काठमाडौंमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता...
मकवानपुरको एक घरमा आगलागी
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १ कुन्छाल फाटमा शुक्रबार दिउँसो एक घरमा आगलागी भएको छ । दिउँसो ३ः१५ बजेको समयमा स्थानीय २६ वर्षीय दिपेन्द्र गोपालीको पुरानो डिजाईनको ४ (चार) कोठाको कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
दुई डीआईजीको सरुवा, हेटौंडामा राणा
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । सरुवा हुनेमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका उमेशराज जोशी र साइबर ब्युरोमा किरण राणा रहेका छन् । मन्त्रालयले जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र राणा बागमती प्रदेश प्रहरी...
कर्णालीका मुख्यमन्त्री शर्माले लिए दोस्रो पटक विश्वासको मत
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले दोस्रो पटक विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेश सभाको नवौँ बैठकबाट उनले विश्वासको मत लिएका हुन् । बैठकमा ३९ जना सांसद सहभागी थिए । तीमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ ।...
हेटौंडाका दुई युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानी चोकबाट प्रहरीले बिहीबार राति लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका अटो चालक २२ बर्षीय सुशील थोकर र अटोमा सवार २३ वर्षीय सुमन गोले रहेका छन् । उनीहरुलाई लागूऔषध गाँजा २ किलोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
देशभर १४२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमण पुष्टि भएको हो । सो अवधिमा आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको नमुना परीक्षण गरिएको थियो...
एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु
जनकपुरधाम । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटेका एक असईको मृत्यु भएको छ । मृत्यु हुनेमा असई ललन कुमार राय पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका पटेलको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्यामा खराबी देखिएपछि...
नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी...
तनहुँ–१ र बारा–२ को उप–निर्वाचनका लागि २६ दल दर्ता
काठमाडौं । तनहुँ–१ र बारा–२ मा हुने प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि २६ दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले उप–निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत्र ८ देखि १२ सम्मका लागि तोकिएको समयसिमा उक्त दल दर्ता भएको जानकारी गराएको हो । यस्तै,...
प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ५ जना निलम्बित
बारा । आजबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रश्नपत्र बाहिरिएको विषयमा बारामा केन्द्रध्यक्षसहित ५ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जनालाई निलम्बन गरिएको हो । प्रमुख जिल्ला अधिकारीको...









