समाचार
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार अपराह्न बसेको प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रदेश सभाका ९१ जना सदस्य...
राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख...
बागमती प्रदेशः एमाले सरकारबाट बाहिरियो
हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले आजै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राजीनामा बुझाएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती सरकारबाट आफुहरु बाहिरिएको जानकारी दिँदै आफुहरु अब प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे ।...
दुर्घटनामा परेर तामाङको मृत्यु
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७, राम्चेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टिपर चालक धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु...
इँटा उद्योगको पर्खालले किचेर महिलाको ज्यान गयो, दुई जना घाइते
सिराहा । सिराहामा शुक्रबार बिहान इँटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको गोलबजार–८ मा रहेको सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा वीवीको ज्यान गएको हो । ईटाभट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल...
आईजीपी नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।...
प्रचण्डलाई भेट्न बालुवाटार पुगे माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता रहेको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधबार यता...
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति निधन भएको हो । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवम् समाचार बाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् । विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी...
अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने केसी पक्राउ
सुर्खेत । रुकुम पश्चिममा एक जना महिलाको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम दाङको तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवा बस्ने ३५ वर्षीय प्रेम बहादुर केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले रुकुम पश्चिम मुसिकोट नगरपालिका– ९ चौखाबाङ् घर भई...
१० जना प्रहरी फरारको सूचीमा (नामावलीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १० जना प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउँन सूचना जारी गरेको छ । यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।...










