समाचार
दिल्लीबाट १० नेपाली महिलाको उद्धार
काठमाडौं । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाहरुको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदुतावास,...
सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठकले सो निर्णय गरेको हो । नेता शरतसिंह भण्डारीले आफुहरु सरकारमा सहभागी हुँदा सम्मानजनक जनक उपस्थिति हुनुपर्ने बताए । यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।...
दोहोरो अंकले घट्यो शेयर बजार, एक अर्ब ४१ करोडमाथिको कारोबार
काठमाडौं । उतारचढावकाबीच आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१ लाख...
लागूऔषध मुद्दामा फरार मकवानपुरका थिङ पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार एक जनालाई आज बिहान पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ लुङ्बा टोलबाट लागूऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागूऔषध मुद्दामा फरार प्रतिबादी स्थानीय मेम्बर चोक बस्ने ३१ वर्षीय साजन थिङ रहेको जिल्ला प्रहरी...
मकवानपुरमा एक जना मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्याउली नजिकै सामरीको खोला छेउमा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । बिहान ७ः४५ बजेको समयमा स्थानीय ५५ वर्षीय सोर्जे पुलामी मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।...
हेटौंडा सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर उत्पादन बन्द
मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब एक हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर)...
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही
सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट...
हिउँमा फसेका दुई नेपालीको उद्धार
गोरखा । गोरखाको लार्केपासको हिउँमा फसेका दुई जना नेपालीको उद्धार गरिएको छ । हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो । नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार,...
मकवानपुरका घलान प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–८ चौतराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ४५ किलो गाँजासहित बुधबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५७ वर्षीय लालबहादुर घलान रहेका छन् । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा...
मकवानपुरको फापरबारीमा चार दिने रामनवमी मेला हुने
मकवानपुर । मकवानपुरको बामगती गाउँपालिकामा चार दिने रामनवमी मेला हुँदैछ । आगामी चैत्र १३ गतेदेखि १६ गतेसम्म बागमती–८, फापरबारीस्थित रामजानकी मन्दिरमा मेला हुने भएको मेलाका संयोजक खड्कबहादुर पुलामीले जानकारी दिए । स्थानीय धार्मिक मेला र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको संयोजक पुलामीले बताए । २०३३ सालदेखि...









