समाचार
चार जना मृत अवस्थामा फेला
काठमाडौं । बिहीबार देशका विभिन्न जिल्लामा गरी चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार चितवन, काठमाडौं, दार्चुला र कपिलवस्तुमा एक÷एक जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले चितवनको माडी नगरपालिका–९ टमट्टा बस्ने ४७ वर्षीय शिवप्रसाद भण्डारी मृत फेला परेको जनाएको छ ।...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका केही स्थानहरूमा चट्याङ्ग...
बागमतीका १ लाखभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै
मकवानपुर । आजबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बागमती प्रदेशका १ लाख १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेअनुसार, प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी...
बुस्टर डोजमा जोड दिँदै स्वास्थ्य मन्त्रालय
काठमाडौं । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिएका जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो । जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन...
आजबाट एसईई परीक्षा, ४ लाख ८४ हजार परीक्षार्थी सहभागी हुँदै
काठमाडौं । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८...
आज मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजका लागि सरेको हो । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए । बिहीबार बसेको...
मकवानपुरको एक घरमा आगोलागी, ६ लाख ७५ हजारको क्षति
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ७ ससिङमा बिहीबार दिउँसो एक घरमा आगोलागी भएको छ । दिउँसो साढे १ बजेको समयमा स्थानीय ५० वर्षीय फुलबहादुर चेपाङको ढुंगा, माटो, काठले बनेको खरको छानो भएको १ तल्ले कच्ची घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी...
१७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ
काठमाडौं । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । प्रहरीको लाग औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी दुई भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी रहेका छन् । उनीहरु दुबै जनालाई चैत्र १४ गते...
सर्वोच्चद्वारा जनयुद्ध दिवसविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने भनी सरकारले गरेको घोषणाविरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश जारी गरेको हो । अधिवक्ता ज्ञानेन्द्र...
मकवानपुर प्रहरीद्वारा प्रहरी जवान निलम्बन
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान बिबेक नेपाली निलम्बनमा परेका छन् । लापरबाही पूर्ण तरिकाले सवारी चलाएको देखिएकोले आवश्यक कारबाहीको लागि बिहीबारबाट लागू हुने गरी उनलाई पदबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार,...










