चार जना मृत अवस्थामा फेला
काठमाडौं । बिहीबार देशका विभिन्न जिल्लामा गरी चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार चितवन, काठमाडौं, दार्चुला र कपिलवस्तुमा एक÷एक जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले चितवनको माडी नगरपालिका–९ टमट्टा बस्ने ४७ वर्षीय शिवप्रसाद भण्डारी मृत फेला परेको जनाएको छ । भण्डारी आफ्नै बारीमा मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नागार्जुनको लाली गुरासटोल बस्ने ५५ वर्षीय प्रदीप सेरचन आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
उता दार्चुलाको ब्यास गाउँपालिका–६ मा एक युवक मृत फेला परेका छन् । ब्यासको बडुघाटस्थित महाकाली नदी किनारमा ती युवक मृत फेला परेका हुन् । मृत फेला परेका अन्दाजी ३० वर्षीय ती युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कपिलवस्तुमा पनि एक ६० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको यसोधरा गाउँपालिका–२ सोनवर्षीस्थित आँपको बगैचामा अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृत फेला परेका उनको पहिचान हुन सकेको छैन ।
सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
