सर्वोच्चद्वारा जनयुद्ध दिवसविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश

तु खबर संवाददाता
२०७९ चैत्र १६, बिहीबार १८:४२

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने भनी सरकारले गरेको घोषणाविरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश जारी गरेको हो ।

अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।