समाचार
जसपाको विधान अधिवेशनमा प्रतिनिधि तोक्न कार्यदल गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विधान अधिवेशनमा सहभागी हुने विभिन्न पेशागत तथा भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे टुंगो लगाउन कर्यादल गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको नेता मनिष सुमनले जानकारी दिए । चैत्र २७ देखि २९...
मकवानपुर प्रहरीको हिरासतमा ७३ जना
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा ७३ जना थुनुवा रहेका छन् । एक सयभन्दा बढी थुनुवा राख्ने क्षमता भएको जिल्ला प्रहरी कार्यालयमा हाल ७३ जना थुनुवा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए । उनका अनुसार, थुनुवामा रहेकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषधको...
तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशभरका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीकको केन्द्रीय समाचार कक्षका अनुसार, देशको भक्तपुर, धनुषा र संखुवासभामा एक/एक जना मृत अवस्थामा फेला परेको हो । भक्तपुर नगरपालिका–२ व्यासी औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने सुर्यबिनायक नगरपालिका–७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी...
हेटौंडा ८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा बाल समूह, बालमैत्री स्थानीय शासन, ,घोषणा तथा दिगोपनाको आधार, बाल अधिकारका बिषयहरुमा बालबचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिताका साथै स्थानीय तहमा नितिगत, संरचना, पद्वती, व्यवहार र कार्य प्रकृयामा मुलप्रवाहीकरण बिषयमा छलफल गरिएको...
मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय
मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधबार दिउँसो काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए । बैठकले सत्तापक्षीय गठबन्धन दलहरुबीच सहमति अनुसार, सरकारको निर्माण गर्ने समेत निर्णय भएको...
बागमती प्रदेश सभाको बैठक स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनको लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आज बस्ने प्रदेश सभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो ।...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
दुर्घटनामा परेर एक जनाको ज्यान गयो
झापा । झापामा बोलेरोले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ठक्करबाट कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार राति सवा १० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल–४ स्थित सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा...
चितुवाको आक्रमणबाट तीन जना घाइते, एकको अवस्था गम्भीर
वीरगन्ज । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार मध्यराति जंगलबाट गाउँमा छिरेको चितुवाको आक्रमणबाट एक जना प्रहरीसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा पोखरिया नगरपालिका–५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय...
दुर्लभ वन्यजन्तु सालकको खपेटासहित श्रेष्ठ पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे २ किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ...










