आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने छ । पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।