९ दलको सहभागीमा मन्त्रीपरिषद् विस्तार हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । ९ दलीय सत्ता गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकोले आज मन्त्रीपरिषद् विस्तार गरिने भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो ।
गठबन्धन बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।