राम नवमीको अवसरमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ चैत्र १६,बिहीबार ०७:४८

कर्णाली । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले चैत्र १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी) का अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक विदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत्र १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघसंस्थामा विदा दिइएको जानकारी दिए ।

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत्र १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।