समाचार

एकीकृत समाजवादीद्वारा सत्ता गठबन्धनसँग वार्ता गर्न कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । आज मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष...

रोकिएका क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न निर्देशन

काठमाडौं । निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आईतबार निर्वाचन हुन नसकेका सबै क्याम्पसहरुलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । निर्वाचन सम्पन्न हुन बाँकी भएका १३ आंगिक कलेजलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको समितिका सदस्य सचिव प्रा.पशुपति अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका...

बुधबारदेखि मौसममा सुधार आउने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित बनेको छ । मौसम सफा हुने वरिष्ठ मौसमविद...

मकवानपुरमा झण्डै ६ हजार जनामा डंगू संक्रमण

मकवानपुर । मकवानपुरमा ७ महिनाको अवधिमा झण्डै ६ हजार जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा गत साउन महिनादेखि मंगलबारसम्म ५ हजार ८६१ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको १० वटा स्थानीय तहमा गरी ३ हजार २०५ जना...

स्ववियु निर्वाचन : ११४ वटामा अनेरास्ववियू र ६१ वटामा अखिल क्रान्तिकारीको जित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत आईतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ । केहीमा भने हाल मत गणना जारी छ । हालसम्म २५० भन्दा बढी क्याम्पसहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । त्रिविका ६२ वटा...

सहकारी दिवस मनाउन प्रदेशस्तरीय समिति गठन

मकवानपुर । बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । हेटौंडामा सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको हो । समितिको प्रमुख...

बागमती प्रदेश सभाको बैठक भोलि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि बस्दैछ । बैठक भोलि चैत्र ८ गते अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठक बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभाका सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश...

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन...

अवैध लागूऔषधसहित तीन जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले तीन छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, धरान र झापाबाट लागूऔषध एक/एक जनालाई पक्राउ गरेको हो । प्रहरीले, सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका–९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान पक्राउ गरेको...

बोलेरोको ठक्करबाट गम्भीर घाइते हेटौंडाका बालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ओमनगरमा बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते बालकको मृत्यु भएको छ । आइतबार साँझ कमाने मनकामनाचोकबाट ओमनगर तर्फ आएको बा १२ च ९७८६ नम्वरको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका १४ वर्षीय अनिल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...