समाचार

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बिहान ९ बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक केहीबेर अघिबाट मात्रै सुरु भएको हो । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...

हेटौंडाको मोडेल अस्पतालमा अनुगमन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित मोडेल अस्पतालमा अनुगमन गरिएको छ । प्रशासनको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधिहरु सम्मिलित टोलीले मंगलबार अस्पतालको अनुगमन गरेको हो । उक्त टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो...

एसईई परीक्षाको सबै तयारी पूरा

काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार...

मोटरसाइकलको ठक्करबाट मकवानपुरका स्याङतानको मृत्यु

मकवानपुर । मकवानपुरको बामगमती गाउँपालिकामा बुधबार बिहान मोटरसाइकलले ठ्रक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–८, खजुरीदमार बस्ने ५० बर्षीय दिलबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए । प्रहरीका अनुसार, बिहान बागमती गाउँपालिका–८, साततले राजबास पुलस्थित हेटौंडा–फापरबारी सडकखण्डमा...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो...

आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित...

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गएराति भूकम्पको धक्का महसुस भएको छ । गएराति ११ बजेर ४१ मिनेट जाँदा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे बस्ने भएको हो । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि...

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका १ हजार ४२९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको...