मोटरसाइकलको ठक्करबाट मकवानपुरका स्याङतानको मृत्यु

मकवानपुर । मकवानपुरको बामगमती गाउँपालिकामा बुधबार बिहान मोटरसाइकलले ठ्रक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–८, खजुरीदमार बस्ने ५० बर्षीय दिलबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए ।
प्रहरीका अनुसार, बिहान बागमती गाउँपालिका–८, साततले राजबास पुलस्थित हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा चिकित्कले मृत घोषणा गरेको प्रहरी नायवग उपरीक्षक कार्कीले बताए ।
मृतक स्याङ्तानको शव पोस्टमार्टमको लागि हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक हाल फरार छ । उनको खोजीकार्य हुनुका साथै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।