आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।