मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र १६,बिहीबार ०८:३०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

विस्तार हुन लागेको मन्त्रिपरिषदमा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको हो । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ । कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।