समाचार

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । १३ औँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । सभामा डा. बेदुराम भुसालले  ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले...

लिटिल बडी प्रिस्कूलबाट १४ विद्यार्थी दीक्षित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४, हुप्रचौरस्थित लिटिल बडी प्रिस्कूलले युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार बिहान स्कूलमै एक कार्यक्रमका बीच १४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो । लिटिल बडी प्रिस्कूल बेलायती फ्रेन्चाइज स्कूल हो । प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजी गरी चार तहमा...

लागूऔषधसहित दुई युवक पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित शनिबार दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी ९नेवार० र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् । उनीहरुलाई दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।बुटवबाट...

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक हाल जारी रहेको एक नेताले बताए । सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधि मात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री...

हेटौंडा आएर गुरुङले भने, ‘अब नैतिक शिक्षामा जोड दिनुपर्छ’

मकवानपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश र जनताको हितका लागि अब नैतिक शिक्षा सुधारमा जोड दिनुपर्ने बताएका छन् । नेता गुरुङले शनिबार नेपाल शिक्षक संघ बागमती प्रदेश समितिको हेटौंडामा भएको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् । उपसभापति गुरुङले राजनीतिक दलका नेताहरुले नैतिकता गुमाउँदा...

नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोन सुविधा

काठमाडौँ । नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोनको सुविधा रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्राप्त नतिजाअनुसार साधारण मोवाइल फोन हुने परिवार ७३.१५ प्रतिशत रहेका छन् । यस्तै, स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । ३.८८ प्रतिशत परिवारमा भने मोबाइल फोन, टेलिभिजन जस्ता कुनै सुविधा...

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उनले यस्तो कुराको दावी गरेका हुन् । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना...

गठबन्धन नगरी उप–निर्वाचन लड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, चितवन क्षेत्र नं...

दुर्घटनामा परेर तीन जनाको मृत्यु

धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना द्धाइते भएका छन् । बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोकिएर...

चोरी गर्दै हिँड्ने परियार र गौतम पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मण्डिखाटारस्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतम रहेका छन् । गत फागुनमा धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै...