हेटौंडामा आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार, एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडामा एक जनाले आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ का ६० वर्षीय रामबहादुर छुमीले ५५ वर्षकी श्रीमती डोल्मामाया लामालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, धारिलो हतियार प्रहारबाट घाईते भएकी डोल्मालाई हेटौंडा अस्पतालमा उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
हतियार प्रहार गर्ने छुमीलाई प्रहरीले नियन्त्रणमा गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ । छुमीको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।
