आज चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र १९, आईतवार ०६:५६
file photo

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सोमबार भने कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।