समाचार
मिथिलामा वासन्ती छठ पर्व आजबाट सुरु
महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजबाट सुरु भएको छ । चैत्र शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिवार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका...
गण्डकी प्रदेश : माओवादीका मन्त्रीहरुले दिए राजीनामा
पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् । शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय...
रास्वपाले उप–निर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने
काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उप–निर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकले उप–निर्वाचन हुने ३ वटै क्षेत्रमा...
नेपाल प्रहरीको प्रमुखमा बसन्तबहादुर कुँवर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १...
बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । शुक्रबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको...
अवैध गाँजासहित मकवानपुरका भोम्जन पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातामाटेबाट बिहीबार राति अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ९ नामटार बस्ने ३० वर्षीय शुबन्द्र भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भोम्जनलाई जिल्ला...
माधव नेपालद्वारा तीन मन्त्री र एक मुख्यमन्त्रीमा दावी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेर उनले यस्तो कुराको दाबी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेसँगै...
बाघको आक्रमणबाट महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा शुक्रबार बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको हो । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।...
आईजीपी नियुक्तबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको हो । आईजीपीका लागि ५ जना डीआइजीहरु मुख्य दाबेदार छन् । ती पाँच जनामध्ये बसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने बताएको...










