यी भू–भागमा वर्षा र हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार ०८:१७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघचट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम आइतबारसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।