सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार १३:४३
file-photo

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य ६०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँले बढे पनि बिहीबार पुन ३०० ले घटेको सुनको भाउ शुक्रबार एकै दिन १ हजार रुपैयाँले बढेको थियो ।

त्यस्तै, यो साता चाँदीको भाउ पनि बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा रोकिएको छ । गत साताको शुक्रबार तोलामा १ हजार ३६० रुपैयाँ रहेको चाँदीको भाउ साताभरमा ४० रुपैयाँले बढेको हो ।