दोलखा र लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान ११ बजेर २७ मिनेटको समयमा दोलखाको सुरी केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यस्तै, दोलखामा भूकम्प गएको केही समयपछि नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटको समयमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।
