प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार ०८:१३
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिटरब्याज पीडितसँग छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले छलफलका लागि मिटरब्याज पीडितहरुलाई बालुवाटारमा बोलाएका हुन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ ।

काठमाडौंमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।