उप–निर्वाचनका लागि एमालेले आज उम्मेदवार टुंग्याउने

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार ०९:१७
file-photo

काठमाडौं । नेकपा एमालेले बैशाख १० गते हुने उप–निर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो ।

शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएकाले आज बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको छ । बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आगामी बैशाख १० गते उप–निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले यही चैत्र २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समयसीता तोकेको छ ।